प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार « Khabarhub

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १ : १७ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.