यसरी भयो मुख्यमन्त्री भट्टलाई एमाले विभाजनको लाभ | Khabarhub Khabarhub

यसरी भयो मुख्यमन्त्री भट्टलाई एमाले विभाजनको लाभ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैभन्दा ठूलो दल नेकपा (एमाले) को आन्तरिक किचलोको परिणाममा प्रदेश सभाको विश्वासको मत हासिल गरेका छन् ।

कुल ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपा (एमाले) का २५ सदस्य छन् । सभामुखलाई छाडेर नेपाल–खनाल (माधवकुमार नेपाल र झलना खनाल) पक्षमा १७ जना र ओली (केपी शर्मा ओली) पक्षमा ७ जना छन् ।

नेकपा (माओवादी केन्द्र) १३ जना सदस्यसहित दोस्रो दल हो । माओवादी केन्द्रका १४ जना सदस्य रहेकोमा झपट बोहोराले एमालेको ओली पक्षलाई सघाएपछि उनी बर्खास्त गरिएका थिए । नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) का २ जना सदस्य छन् ।

मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा ओली पक्षका ७ जनाको र जसपाका २ जनाको गरी ९ मत पर्‍यो । प्रस्तावको पक्षमा मुख्यमन्त्री भट्टले उनको दलको १३ मत र एमालेको नेपाल–खनाल पक्षको १७ मत गरी ३० मत पाए । बहुमतका लागि उनलाई कम्तीमा २७ मत आवश्यक हुन्थ्यो ।

नेपाली कांग्रेस मतदानमा सहभागी भएन, तटस्थ बस्यो ।

एमालेको ओली पक्षले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि नेपाल–खनाल पक्षले समर्थन जनाएको थियो । आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धले बहुमत हासिल गरेपछि भट्ट मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजनपछि एमाले संसदीय दलमा नेपाल–खनाल पक्षका प्रकाशबहादुर शाह संसदीय दलको नेता निर्वाचित भए ।

एमाले संसदीय दलको बहुमतले मुख्यमन्त्री भट्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । एमालेको नेपाल–खनाल पक्षको समर्थन पाउने भएपछि भट्टले सोहीअनुसार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

११ सदस्यीय मन्त्रिमण्डलमा एमालेको नेपाल–खनाल पक्षका ५ मन्त्री र २ राज्यमन्त्रीसहित ७ जना छन् ।

नेपाली कांग्रेस प्रदेश सभामा विपक्षी दल बनेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  २ : २५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको