ताप्लेजुङका सबै वडा सडक सञ्जालले जोडियो « Khabarhub

ताप्लेजुङका सबै वडा सडक सञ्जालले जोडियो


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ ।

६० वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा ६का वडाअध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिए । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा छन् ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिट तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिट मात्र बाँकी छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

मिव्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।

जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठुलो सिटको बस भने जान सकिरहेका छैनन् ।

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालन भएको छ ।

सिरिजंघाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ४ : ०५ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर