अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह  | Khabarhub Khabarhub

अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह 


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन सिलिण्डरहरु समबन्धित उद्योगमा यथाशीघ्र  पुर्‍याउन, अक्सिजन उद्योगहरुलाई अक्सिजन भरेर राख्न तथा अस्पतालहरुलाई पनि अधिकतम मात्रा अक्सिजनको अभाव हुन नदिने कार्यमा जुट्न आग्रह गरेको हो ।

मन्त्रालयले अक्सिजन प्लान्ट वा टयांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यस्था मिलाउन समेत अस्पतालहरुलाई ग्रह गरेको छ ।

उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डहरु महामारीका कारण देशका विभिन्न भागमा व्यक्तिका घरमा,टोल, आइसोलेशन सेन्टर र अस्पतालकहरुमा पुगेकाले उद्योगमा सिलिन्डर अभाव हुने अवस्था आएकोप्रति मन्त्रालयले सचेत गराएको हो ।

‘जुनसुकै व्यक्ति संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएको अक्सिजनका सिलिन्डहरु यथाशीघ्र सम्बन्धित उद्योगमा उपलब्ध गराउनु होला’,  मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ४ : २१ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि