नेपाल–खनाल समूहलाई पार्टीबाट छुट्टिएर जान पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष « Khabarhub

नेपाल–खनाल समूहलाई पार्टीबाट छुट्टिएर जान पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल–खनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान कटाक्ष गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल-खनाल समूहको जवाफपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो कटाक्ष गरेका हुन् ।

उनले नेपाल-खनाल समूहलाई ‘खरानी समूह’ भन्दै पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई समेत दिएका छन् ।

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना समेत दिएका छन्।

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : २४ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद