राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न माग « Khabarhub

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न माग


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई राउटे युवतीमाथि यौन दुर्व्यवहारकार गर्नेहरुमाथि कडा कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले माग गरेको छ ।

संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारकारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गरेकी हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ९ का युवाहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहारकार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएसँगै सर्वत्र विरोध भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै, उनीहरुको भौतिक सुरक्षा गरी जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न, सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटोहरु हटाउन, राउटे संकृतिहरुलाई लोभ, लालच, प्रलोभन देखाई आफ्नो व्यक्तिगत फाईदा उठाउने व्यक्तिलाई राउटे बस्तिमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गास, बास र कपासको तुरुन्त व्यवस्था गर्न र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : १३ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्