साधुमाथि हातपात गरेको आरोपमा एक पक्राउ, एक जना फरार « Khabarhub

साधुमाथि हातपात गरेको आरोपमा एक पक्राउ, एक जना फरार


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रमा साधुमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गरेको आरोपमा महान नेपाल नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार पशुपति क्षेत्र विकास कोषको पत्र प्राप्त भएपछि नेपाललाई पक्राउ गरिएको हो ।

उनका अनुसार घटनामा संलग्न बिजय घिमिरे नामक व्यक्ति भने फरार छन् ।

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो सामाजिक सञ्जालमा सर्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई कारवाही गर्न पत्र लेखेको थियो ।

कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रकै भण्डारखालबाट नेपाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषको पत्र 

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : ५८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि