विपक्षी दलको विरोधले प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

विपक्षी दलको विरोधले प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार प्रदेशसभा बैठक बस्ने बितिकै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

यस बिषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुले माग राखेका छन् । मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनोट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्ध गरिरहने विपक्षी सांसदहरुले बताएका छन् ।

विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ३० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र