नेयरमारको गोलमा ब्राजिलको शानदार जित « Khabarhub

नेयरमारको गोलमा ब्राजिलको शानदार जित


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले फिफा विश्वकप छनौटमा लगातार छैटौँ जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोलले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक/एक गोल गरे । खेलको चौथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । जितसँगै ब्राजिल ६ खेलमा १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ४० बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा