प्रतिनिधिसभा विघटन : सर्वोच्चद्वारा सरकारको नाम कारण देखाउ आदेश जारी | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन : सर्वोच्चद्वारा सरकारको नाम कारण देखाउ आदेश जारी

अर्को सुनुवाइ असार ९ मा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको बुधबार बसेको संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

यो आदेशसँगै विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

सर्वोच्चमा विषय केन्द्रित मुद्दामा बुधबार मात्र नियमित सुनुवाइ शुरू भएको हो । यसअघि झण्डै दुई साता इजलास गठनको विवादमै अल्झिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध पाँच दलले संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए । संसद विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ०० बजे

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण गर्न वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला

चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

एजेन्सी – विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन

घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार

काठमाडौं- मोहीको नाममा जग्गाको पुर्जा बनाइदिने भन्दै घुस मागेको उजुरी

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची– यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको