नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन | Khabarhub Khabarhub

नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले जफत गर्न निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको बुधबार सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा छापिएका पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाहीको दायरामा ल्याउनुहोस् ।’ त्यस्तै बैठकमा सहभागी शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताए ।

उनका अनुसार यस विषयमा तत्काल अनुगमन गरेर त्यस्ता प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने छ ।

सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै थपलियाले ती प्रकाशक र बिक्रेतामाथि कडा कारबाही हुने बताए । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौँ, ती प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौँ ।’

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जीके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाईएको छ ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सूचीकृतमा परेका प्रकाशकलाई पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६ देखि ८ को पाठयक्रम स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : २० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता