एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध  | Khabarhub Khabarhub

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफूहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको विषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताएका थिए ।

उनले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ ३० गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफूहरुले स्वीकार गरे पनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए ।

उनले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उल्लेख गरे । त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । सबै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको उनको आरोप छ ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो ।

यसअघि सोमबार र मंगलबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०१ बजे

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको

सचिवबाट राजीनामा दिएकी संगीताको नाम काटियो, चार मन्त्रीलाई शपथ गराइँदै

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा मन्त्री बन्ने सम्भावना तत्काललाई टरेको