आज दोहोरो अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार « Khabarhub

आज दोहोरो अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन बुधबार (आज) शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा कायम भएको छ।

यसअघि मंगलबार (हिजो) नेप्से सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ। नेप्सेमा आज कूल १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ । युनाइटेड मर्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८८ प्रतिशतका दरले गुमाएका छन्।

आज फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढ्दा बाँकी सबै समूहका परिसूचक घटेका छन्।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको