साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न मन्त्री नेम्वाङको निर्देशन | Khabarhub Khabarhub

साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न मन्त्री नेम्वाङको निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् ।

आगामी आबमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ । उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”

मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले सङ्घीय सडक सुपरीवेक्षण कार्यालयले आफू मातहतका डिभिजनहरुको कामको निरीक्षण आग्रह गर्दै भने, “सबै कार्यालयले स्थलगत रुपमा भेटिएका समस्या सके त्यहीँबाट नसके माथिल्लो निकायमा भनेर पनि समाधान गर्न पहल गर्नुपर्छ ।”

मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेमा जोड दिए ।

अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए ।

मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखहरुलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए । उनले भने, “साउन मसान्त भित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ३० बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई