गाउँपालिकाको वडा कार्यालयमा आगजनी, विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान | Khabarhub Khabarhub

गाउँपालिकाको वडा कार्यालयमा आगजनी, विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


दीपायल– डोटीको बडीकेदार गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा आगजनी भएको छ ।

सोमबार राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए । ‘अज्ञात समूहले वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सबै सामग्री एक ठाउँमा जम्मा पारेर आगो लगाएका छन्,’ वडाध्यक्ष कोटकेनीले भने ।

रातिको समयमा आगो लगाइएको भए पनि मंगलबार बिहान मात्रै प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

‘घटनाबारे थाहा पाउने वित्तिक्कै प्रहरी टोली खटाएका छौँ, कसले र किन आगजनी गरेको हो प्रहरी पुगेपछि थाहा हुनेछ,’ धामीले भने ।  आगो कसले लगायो, किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि यसमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ११ : ४५ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा