मेगा बैंकले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली, एसबी सल्युसनसँग सहकार्य « Khabarhub

मेगा बैंकले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली, एसबी सल्युसनसँग सहकार्य


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरु गरेको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने जनाएको छ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउने जनाएको छ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको जनाएको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन हुनासाथ बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने जनाइएको छ ।

थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ ।

मेगा बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘ख’ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्था गाभेको छ । मेगा बैंक लिमिटेडको लगभग ८ लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ३ : ४३ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा