मदनकृष्ण डिस्चार्ज, डाक्टरले दिए नौ निर्देशन « Khabarhub

मदनकृष्ण डिस्चार्ज, डाक्टरले दिए नौ निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल पुर्याइएका मदनकृष्ण बुधबार डिस्चार्ज भएका हुन् । डिस्चार्जअघि उनलाई चिकित्सकले नौवटा निर्देशन दिएका छन् ।

उनका छोरा यमनले फेसबुकमार्फत बुवा मदनकृष्ण डिस्चार्ज भएको जानकारी दिँदै बुवालाई नौवटा निर्देशनसहित चार हप्ता रेष्ट गर्न भनेको उल्लेख गरेका छन् ।

‘केही हप्ता नो फेसबुक, नो सोसियल मिडिया, नो टु मच न्यूज, नो टु मच मोबाइल, नो टु मच फोन कन्भरसेसन, नो जुम, नो आउटिङ, नो फिल्म सुटिङ र नो प्रोग्राम है भनेर डाक्टरहरुले कडा निर्देशन दिनुभएको छ । जुन बुवालाई असाध्यै मनपर्ने कुराहरुमा पर्छन्’, यमनले लेखेका छन् ।

उनले अस्पतालमा डाक्टरहरुको अगाडि ‘हस’ भन्दै टाउको हल्लाएर आएको जनाएका छन् । यमनका अनुसार गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुको टिमले शनिबार नै एन्जिओप्लास्टी मेडिकल प्रक्रियाद्वारा दुइवटा स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

केही समय अघि मदनकृष्णको परिवारलाई नै कोभिड संक्रमण भएको थियो । अहिले उनीहरु संक्रमण मुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : २० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी