सुदूरपश्चिममा ओली र नेपाल पक्ष उत्रिए एकअर्काविरुद्ध कारबाहीमा « Khabarhub

सुदूरपश्चिममा ओली र नेपाल पक्ष उत्रिए एकअर्काविरुद्ध कारबाहीमा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेकपा (एमाले) को स्थायी कमिटीको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेन ।

पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा एमालेकै बहुमत सदस्यले विश्वासको मत दिएपछि प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेको छ ।

एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ ले मुख्यमन्त्रीको पक्ष र संस्थापनका सात सांसदले विपक्षमा मतदान गरेपछि अहिले विवाद उत्कर्षमा पुगेको छ । विपक्षमा मत दिने सात प्रदेशसभा सदस्यलाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ भने पार्टीको निर्णय नमानी पक्षमा मत दिने १७ सांसदलाई पार्टीको निर्देशन विपरीत गएकोले कारबाही गरिने एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जनाएका छन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले संस्थापन पक्षका प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

शाहले एमाले संसदीय दलको ह्विप उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् । उनले आज ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरेको र निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।

स्पष्टीकरण सोधिएका सात मध्ये एमाले कैलाली अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाले आफूहरूले पार्टी निर्णय अनुसार मतदान गरेकोले पार्टी निर्णय विपरीत जानेहरूले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका छन् । उनले दलिय व्यवस्थामा दलको निर्णयलाई लत्याउँदै त्यसको खिलापमा जाने १७ सासंदलाई कारबाही हुने बताए ।

एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । अध्यक्ष थापाले पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु राजनीतिक अपराध भएकोले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने बताएका हुन् ।

अध्यक्ष थापाले पार्टीको निर्देशन विपरीत गई मत दिनेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिने तथा प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने स्पष्ट पारेका छन् ।

यसअघि स्थायी कमिटीको निर्णय विपरीत सरकारलाई दिएको समर्थन कायम राखेको तथा पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता शाहलाई स्पष्टीकरण सोधेका थिए भने प्रदेश कमिटीले सरकारमा सहभागी मन्त्रीहरू दीर्घ सोडारी, माया भट्ट, पूर्णा जोशीलगायतलाई स्पष्टीकरण सोधेको थियो ।

 

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ०९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि