‘नथिया’की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

‘नथिया’की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतीक्षाविरुद्ध चरित्रहत्या गरेको दाबी सहित महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ ।
घोराही उपमहानगरपालिका बस्ने रञ्जिता नेपालीले सरस्वतीले लेखेको ‘नथिया’ उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको भन्दै क्षतिपूर्तिसहित प्रहरीमा उजुरी दिएकी हुन् ।
रञ्जिताले प्रहरीमा दर्ता गरेको उजुरीमा सरस्वतीले नेपाल सरकारबाट बन्देज गरेका समग्र समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छना, भेदभाव देखिने शब्दहरूको प्रयोग भएको र समग्र समुदायलाई प्रतिकूल असर हुने खालका शब्दहरू जस्तै बदेनि, रण्डी, वेश्या, रखेल शब्दहरू तथा प्रतिकृयाहरु उपन्यासमा प्रयोग भएको उल्लेख छ ।
प्रहरीमा परेको उजुरीमा उपन्यासको ‘नथिया’ शीर्षक नै गलत अर्थ लगाई परिभाषित गरेको समेत उल्लेख छ । यतिमात्र होइन, उपन्यासमा मन्जुरीविना स्वर्गीय बुबा गुमानसिंह र आफ्नो नाम उल्लेख गरेर चरित्र हत्या गरेको आरोप समेत लगाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : ०९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको