नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ « Khabarhub

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारदमुनि रानालाई वन तथा वातावरण मन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : १७ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको