गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गरे । उनले एक मतका बारे केही प्रष्ट पारेनन् ।

पक्षमा परेको उक्त मत बहुमत नभएकाले मुख्यमन्त्री गुरुङको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले बताए ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत आवश्यक रहेकोमा मुख्यमन्त्री गुरुङका पक्षमा ४ मत पुगेन ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ०७ बजे

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल