गण्डकी प्रदेशसभा : विश्वासको मत सम्बन्धी मतदानमा मनाङे अनुपस्थित, जनमोर्चाका थापा तटस्थ | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा : विश्वासको मत सम्बन्धी मतदानमा मनाङे अनुपस्थित, जनमोर्चाका थापा तटस्थ



पोखरा– गण्डकी प्रदेशका सरकारका खेलकुद मन्त्री रहेका स्वतन्त्र सांसद दीपक मनाङे प्रदेशसभाको आजको महत्वपूर्ण बैठकमा उपस्थित भएनन् ।

३ जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद तटस्थ रहे । यसअघि पार्टी निर्णयविपरित गुरुङलाई सहयोग गरेको भन्दै थापालाई जनमार्चाले एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै सांसद पद खारेज गरेको थियो ।

सर्वोच्चले पद थमौति गरेपछि आजको बैठकमा सहभागी भएका थापा भने पार्टी निर्णय विपरित तटस्थ बसे ।

जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गुरुङले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पनि सांसद पियारी थापाले आफ्ना पार्टी विपक्षमा रहेको र कुनै पनि सांसदलाई तटस्थ नबस्न ह्वीप जारी गरेको बताएकी थिइन् ।

यसअघि आफ्नो पक्षमा पार्न भन्दै खेलकुद मन्त्री बनाइएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमालेले बहुमत हासिल गर्न नसक्ने हुँदा विपक्षी गठबन्धनलाई मत दिएर प्रदेशसभाको रक्षा गर्ने बताएका थिए ।

२७ प्रदेश सभा सदस्य रहेको एमालेमा बाग्लुङका सांसद इन्द्रलाल सापकोटा माधव नेपाल पक्षका हुन् । सापकोटाले पनि विश्वासको मतको पक्षमा मतदान गरे । उनले फ्लोर क्रस गरेको भएमा विपक्षी गठबन्धनको सरकार बन्ने थियो ।

यसअघि अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी गठबन्धन राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण असफल भएको थियो ।

वैशाख १३ गतेदेखि शुरु भएको विशेष अधिवेशनको मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक वेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । बेपत्ता सांसद शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेललाई प्रमुख नियुक्त गरिएको थियो ।

अविश्वास प्रस्तावमाथि पुनः वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिए । गुरुङको राजीनामापछि पुनः जनमोर्चाका अर्का सांसद कृष्ण थापाले पार्टी निर्णय अस्वीकार गर्दै साथ नदिएकाले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनको दोस्रो प्रयास पनि असफल भएको थियो ।

विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्य रहेको गण्डकी प्रदेशमा विश्वासको मतका लागि ३१ मत आवश्यक थियो ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४४ बजे

राज्य ब्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । संघीय

गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै

पोखरा– गण्डकी प्रदेश सरकारले तयार पारेको नीति, कार्यक्रम र बजेटबीच

सुनसरीबाट एक सय ८० हजयात्री जाने

इनरूवा– हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका

कान पाक्नबाट बालबालिकालाई कसरी बचाउने ?

कान हाम्रो शरीरको संवेदनशील अंग मध्ये एक हो। कानको राम्रो

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा