‘नीति तथा कार्यक्रममार्फत सरकारले दिउँसै सपना देख्यो’ « Khabarhub

‘नीति तथा कार्यक्रममार्फत सरकारले दिउँसै सपना देख्यो’


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सरकारले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउसै सपना देख्ने काम गरेको बताए । यस्तो सपनाले सरकार र जनता कसैलाई फाइदा नहुने उनको भनाई थियो ।

शुसासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौ भ्रष्टाचारका काण्ड भईरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगाउन लागेको पाइएको आरोप लगाए ।

खाँडले भने, ‘शुसासनमा शहीद मञ्च नै छैन । बालुवाटारै अर्कैले लगिसक्यो । एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो । १२ अर्ब रुपैया बढी तिरेर फोरजी ल्याईएको छ । वाईडवडी कहा छ कहा छ ? वाईडवडीसंग सम्बन्धीत मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ ? न्यायीक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायीक फैसला गर्ने अधिकार नै छैन । उसले फलानोमा र्निदोष । वालुवाटार जग्गामा र्निदोष । वाईडवडीमा र्निदोष । ’

संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ती जनाए । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संशोधन गर्नुपर्ने माग गरे ।

उनले भने, ‘संविधानले नै नेपाल सरकारले गर्ने छ/गरिने छ भनेर स्पष्ट लेखिएको छ । अब त्यहा मेरो सरकार भन्न मिल्यो कि मिलेन ? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ । कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ । कुनै कविले निबन्ध लेख्यो भने मिल्छ । तर संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले , संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ ? यो संबैधानिक रुपमा घोर आपत्तीजनक छ । म यो आपत्ती गर्दछु । र संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु । ’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछि गर्ने गरिएको सम्बोधन गर्दा पृथक ढंगबाट राष्ट्रपतिको सम्बोधन भएको भन्दै नीति तथा कार्यक्रममा आफुहरुले दर्ता गराएको संशोधन प्रस्तावलाई स्वीकार गरी सच्याएर अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : ३० बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार