बागमती प्रदेशले ल्यायो कोरोना रोकथाममा केन्द्रित नीति तथा कार्यक्रम (पूर्णपाठ) « Khabarhub

बागमती प्रदेशले ल्यायो कोरोना रोकथाममा केन्द्रित नीति तथा कार्यक्रम (पूर्णपाठ)


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ ।

प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा विहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको हो ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई भत्ता दिने घोषणा गरिएको छ । त्यस्तै यस्तै, ३६९ वटा स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

यस्तै, मेट्रो रेलको सम्भाव्यत्ता अध्ययन, खनिज इन्धनबाट चल्ने सवारी–साधन हटाउँदै विद्युतीय गाडी सञ्चालन गर्ने नीति पनि प्रदेश सरकारले लिने जनाएको छ ।

प्रदेशका सरकारी कार्यालयलाई विद्युतीय सवारी–साधन खरिदमा प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख छ । कृषि क्षेत्रलाइ पनि नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको प्रदेश प्रमुख प्रसाईले जानकारी दिए ।

यस्तो छ पूर्ण पाठ

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४६ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका