कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश « Khabarhub

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । उनीहरु एमाले नेपाल-खना पक्षका सांसद हुन् ।

एमालेको केन्द्रीय समितिको निर्णयमा नभई महाधिवेशन आयोजक समितिको निर्णयका आधारमा स्पष्टीकरण नमागिएको र महाधिवेशन आयोजक कमिटी कारबाहीका लागि आधिकारिक नभएको आदेशमा उल्लेख छ ।

बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप विपरीत विश्वासको मत दिएको भन्दै उनीहरुलाई एमालेले पदमुक्त गरेको थियो ।

उनीहरुले आफूहरुमाथिको कारबाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यस्तो छ आदेश

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ५६ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,