जनगुनासोपछि जिल्ला प्रशासन काठमाडौँद्वारा खोप केन्द्रको अनुगमन « Khabarhub

जनगुनासोपछि जिल्ला प्रशासन काठमाडौँद्वारा खोप केन्द्रको अनुगमन


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको खोप अभियान प्रभावकारी नभएको गुनासो परेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौँको ग्रान्डी र अल नेपाल अस्पताल पुगेर अनुगमन गरेको हो । ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूलाई खोप लगाउन शुरू गरिएपछि पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी परेपछि अनुगमन गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

उनले अनुगमनका क्रममा ६० देखि ६४ वर्ष उमेरसमूह बाहेकका व्यक्तिलाई खोप दिएको नपाइएको जिकिर गरे । त्यस्तै उनले खोप अभियानलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिने जानकारी दिए ।

सरकारले ६० देखि ६४ वर्ष उमेरसमूहका लागि खोप अभियान सञ्चालन गरेको हो । तर खोप सकिएको भन्दै काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित गरिएको छ । उपत्यकाका अन्य नगरमा भने खोप कार्यक्रम जारी छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्