मलेसियामा दुई साता लकडाउन थप « Khabarhub

मलेसियामा दुई साता लकडाउन थप


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- विश्वब्यापी महामारीको रूप लिएको कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि मलेसियाले जारी लकडाउन दुई साता बढाएको छ ।

दोस्रो चरणको लकडाउन जुन १५ देखि २८ सम्म हुने मलेसियाका मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले जानकारी दिए ।

लकडाउनमा अत्यावश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द नै रहनेछन् । कोरोना संक्रमित क्रमशःबढ्दै गइरहेकाले थप स्वास्थ्य संकट आउन नदिन अर्थात् संक्रमणलाई नियन्त्रण गर्न देशैभर पूर्ण रुपमा लकडाउन गरिएको मलेसिया सरकारले जनाएको छ ।

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउन थपिएसँगै बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

लकडाउनको अवधिमा पनि दूतावासले नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक र कन्सुलर सेवाको निम्ति दूतावास बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला गरी सेवा प्रदान गरिरहेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ४६ हजार ४११ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ५ लाख ६३ हजार ७७९ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट ३ हजार ७६८ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावाससंग आधिकारिक तथ्यांङ्क नभए पनि त्यहाँ ठूलो संख्या नेपाली कामदारहरु कोरोना सङ्क्रमित भएको  बताईएको छ ।

अहिलेसम्म संक्रमणबाट मलेसियामा ९ जना नेपालीको मृत्यु भएको छ । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : ५२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार