वैद्यले प्रदेशसभामा भने– बढी बोलेछु, आत्मालोचना गर्छु | Khabarhub Khabarhub

वैद्यले प्रदेशसभामा भने– बढी बोलेछु, आत्मालोचना गर्छु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् ।

आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा.सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् ।

प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय प्रधानमन्त्रीप्रति मेरो व्यक्तिगत रिसिइवी पनि हैन । म महात्मा गान्धीलाई सम्मान गर्ने र वचनले पनि कसैलाई हिंसा नहोस् भन्ने मान्छे हो । जुन किसिमबाट सत्ता बचाउनका लागि जुनसुकै हतकण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म आवेशमा आएर भावावेषमा आएर आवश्यकताभन्दा अलिकति बढि बोले भन्ने लागेको छ ।’

प्रदेशसभाको बैठकमा सांसद वैद्यले आफुले बोलेको शब्द आपत्तीजनक र संसदको मर्यादाविपरित रहेको महसुस गर्दै फिर्ता लिएको र संसदको रेकर्डबाट समेत बटाउन आग्रह गरे ।

उनले भने,‘मैले मबाट प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादाविपरित रहेको भनेर मेरो संसदीय दलले निर्देशन दिएको र म आफैले पनि गलत बोलेको अनुभूति भएका कारणले मैले बोलेको शब्द फिर्ता लिएर संसदको रेकर्डबाट समेत हटाउनका लागि आग्रह गर्दछु ।’

सांसद वैद्यले शान्तिपुर्ण राजनीतिमा विश्वास गर्ने दलका कार्यकर्ता भएको र आफु महात्मा गान्धीको अनुयायी रहेको समेत भनेका छन् । उनले आफु हिंसाविरोधी रहेको र वचनका कारणले समेत कसैको हिंसा गर्नुहुँदैन भन्ने मान्यता रहेको प्रदेशसभामा बताए ।

‘मैले नेपालको संविधानको धाराा १ सय ८७ अनुसार पुर्ण वाक स्वतन्त्रताको प्रयोग गरेर बोलेको हो । कुने ठाउँमा उजुर बाजुर नलाग्ने व्यवस्थाकै आधारमा आफुलाई लागेको कुरा दिल खोलेर राखेको हो । पार्टीको पनि ध्यानाकर्षण भएको छ । पार्टीले पनि आत्मालोचना गर्न भनेको छ । त्यसैले म आत्मालोचना समेत गर्छु,’ सांसद वैद्यले भने ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : २१ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका