वैद्यले प्रदेशसभामा भने– बढी बोलेछु, आत्मालोचना गर्छु « Khabarhub

वैद्यले प्रदेशसभामा भने– बढी बोलेछु, आत्मालोचना गर्छु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् ।

आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा.सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् ।

प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय प्रधानमन्त्रीप्रति मेरो व्यक्तिगत रिसिइवी पनि हैन । म महात्मा गान्धीलाई सम्मान गर्ने र वचनले पनि कसैलाई हिंसा नहोस् भन्ने मान्छे हो । जुन किसिमबाट सत्ता बचाउनका लागि जुनसुकै हतकण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म आवेशमा आएर भावावेषमा आएर आवश्यकताभन्दा अलिकति बढि बोले भन्ने लागेको छ ।’

प्रदेशसभाको बैठकमा सांसद वैद्यले आफुले बोलेको शब्द आपत्तीजनक र संसदको मर्यादाविपरित रहेको महसुस गर्दै फिर्ता लिएको र संसदको रेकर्डबाट समेत बटाउन आग्रह गरे ।

उनले भने,‘मैले मबाट प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादाविपरित रहेको भनेर मेरो संसदीय दलले निर्देशन दिएको र म आफैले पनि गलत बोलेको अनुभूति भएका कारणले मैले बोलेको शब्द फिर्ता लिएर संसदको रेकर्डबाट समेत हटाउनका लागि आग्रह गर्दछु ।’

सांसद वैद्यले शान्तिपुर्ण राजनीतिमा विश्वास गर्ने दलका कार्यकर्ता भएको र आफु महात्मा गान्धीको अनुयायी रहेको समेत भनेका छन् । उनले आफु हिंसाविरोधी रहेको र वचनका कारणले समेत कसैको हिंसा गर्नुहुँदैन भन्ने मान्यता रहेको प्रदेशसभामा बताए ।

‘मैले नेपालको संविधानको धाराा १ सय ८७ अनुसार पुर्ण वाक स्वतन्त्रताको प्रयोग गरेर बोलेको हो । कुने ठाउँमा उजुर बाजुर नलाग्ने व्यवस्थाकै आधारमा आफुलाई लागेको कुरा दिल खोलेर राखेको हो । पार्टीको पनि ध्यानाकर्षण भएको छ । पार्टीले पनि आत्मालोचना गर्न भनेको छ । त्यसैले म आत्मालोचना समेत गर्छु,’ सांसद वैद्यले भने ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : २१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र