पार्किङमा राखिएको गाडी तोडफोड | Khabarhub Khabarhub

पार्किङमा राखिएको गाडी तोडफोड


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीमा पार्किङमा राखिएको सवारी साधन अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरिराखेको ती सवारी साधनमाथि इँटा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

उक्त समूहले मिनी ट्रक, जिफ बस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

वडा प्रहरी कार्यालय लमहीका अनसार राम्रो डेकोरेसनको रा१ख१७५९ नम्बरको मिनी ट्रक, दिलीप जिसीको लु१ख९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे१च२८१२ नम्बरको बोलेरो जिपमाथि अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्याएको छ ।

प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ४ : ३० बजे

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

सिरहा – जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा