गण्डकी र लुम्बिनीमा पनि मनसुन प्रवेश, एक दुईदिनमा सुदूरपश्चिमसम्मै पुग्ने « Khabarhub

गण्डकी र लुम्बिनीमा पनि मनसुन प्रवेश, एक दुईदिनमा सुदूरपश्चिमसम्मै पुग्ने


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको एक दुई दिनमा मनसून पश्चिम नेपालसम्म नै प्रवेश गर्ने जनाएको छ ।

आगामी साता मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ ।

हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । यसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षासमेत भईरहेको अवस्था महाशाखाले छ ।

आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ०१ बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्