भारतमा थप ६५ हजार संक्रमित, ३ हजार ७१ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ६५ हजार संक्रमित, ३ हजार ७१ संक्रमितको मृत्यु


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख २४ हजार २६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १० लाख ३८ हजार ७९४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ३ हजार ७१ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७० हजार १६८ पुगेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : ४० बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित