फिनल्याण्डले डेनमार्कलाई हरायो, बोहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार « Khabarhub

फिनल्याण्डले डेनमार्कलाई हरायो, बोहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिनल्याण्डले १६औँ संस्करणको युरोकप फुटबलमा डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

कोपनहेगनमा शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले हराएको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो  ।

फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परो । डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।

उनलाई आकस्मिक उपचारका लागि अस्पताल लगिएको थियो । पछि उनको होस खुलेपछि खेल फेरि शुरू भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : ४० बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको