आन फुटसल: माछापुच्छ्रे र न्यूज २४ अन्तिम १६ मा « Khabarhub

आन फुटसल: माछापुच्छ्रे र न्यूज २४ अन्तिम १६ मा


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा काठमाडौंमा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’अन्तर्गत समूह ई बाट माछापुच्छ्रे बैंक र न्यूज २४ टिभी प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यसैगरी समूह एफबाट पिक्सन इन्जिनियरिङ र मिडिया बास्केटले पनि अन्तिम १६ को स्थान सुरक्षित गरेका छन् ।

सानेपाको फिल्ड फुटसलमा मंगलबार भएको समूह ‘इ’बाट माछापुच्छ्रे बैंकले तीन वटै खेल जित्दा न्यूज २४ ले २ खेल जितेको थियो ।माछापुच्छ्रेले पहिलो खेलमा बिजनेश एडभान्टेजलाई २–० गोल ले हराउँदा न्यूज २४ माथि पनि २–० कै जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपाल टिभीसँग भने १ गोल खाएको माछापुच्छ्रेले ३ गोल थप्दै समूह चरणमा अपराजित रहन सफल भयो ।

यसैगरी उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको न्यूज २४ले नेपाल टेलिभिजिनलाई २–१ गोलले पराजित गर्दा माछापुच्छ्रेसँग २–०ले न्यूज २४ स्तब्ध भयो । यसैगरी तेस्रो खेलमा न्यूज २४ ले बिजेनस एडभान्टेजमाथि ४–३ गोल अन्तरको जित निकाल्न सफल भयो ।

समूह एफ अन्तर्गत पिक्सन र मिडियाबास्केट अन्तिम १६ मा प्रवेश गरे । समूह विजेता बनेको पिक्सनले २ खेलमा जित र एक खेल बराबरी खेलेको थियो । सुश्री मिडियालाई २–० गोल अन्तरले पराजित गरेको पिक्सनले दोस्रो खेलमा फ्यूचर हबसँग १–१ गोलको बराबरी खेल्यो । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पिक्सनले मिडिया बास्केटलाई २–१ को कठिन जित निकाल्दै अपराजित रहन सफल भयो ।

समूह एफबाट उप बिजेताको रुपमा प्रि क्वार्टरफाइनल पुगेको मिडिया बास्केटले फ्यूचरहबलाई ३–२ गोलले पराजित गरेको थियो भने सुश्री मिडियामाथि ४–० को सानदार जित दर्ता गर्न सफल भयो । अन्तिम खेलमा पिक्सनसँग २–१ गोलले पराजित भएपनि उप विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि १२ वटा खेल हुने छन् । बुधबार समूह सी र डीका खेलहरु आयोजना हुने आन फुटसल प्रतियोगिता सञ्चालन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन् ।  त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ४४ बजे

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा