सातामा दुई दिन मात्रै बैंक खुल्दा भिड बढ्यो « Khabarhub

सातामा दुई दिन मात्रै बैंक खुल्दा भिड बढ्यो


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासी जिल्लामा साताको दुई दिन मात्रै बैंक खुला गर्ने प्रशासनको निर्देशनले सेवाग्राही मारमा परेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले बैंक तथा वित्तीय संस्थाहरुलाई सातामा दुई दिन मात्रै दुई घण्टा खुला गर्न निर्देशन दिएपछि जिल्लाका सबै बैंकहरुमा अत्याधिक भिड बढेको छ ।

जेठको चर्को घाममा बैंक बाहिर सडकमै सैयौं सेवाग्राहीहरु लाममा बस्न बाध्य भएका छन् । आइतबार जिल्लाको कावासोतीस्थित बैंकहरुमा सेवाग्रहीको सडकमा लामो लाम देखिन्थ्यो । अत्याधिक भिड बढेपछि कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको बैंक कर्मचारीहरु बताउँछन् ।

असार लागेपछि भने प्रशासनले साताको ६ दिन नै दैनिक चार घण्टा खुला गर्न दिने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको र सेवाग्राहीको समेत गुनासो आएका कारण हप्तामा ६ दिन दैनिक चार घण्टा नियमित सञ्चालन गर्ने गरी निर्देशन दिन लागिएको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

पहिलो पटक निषेधाज्ञा जारी गर्दा सातामा दुई दिन मात्रै बैंक खोल्न दिने निर्णय निर्णय भएको थियो । तर त्यसको एक साता नबित्दै पुनः बैंकहरु सातामा दुई दिन दुई घण्टा मात्रै खोल्न दिने प्रशासनले निर्देशन दिएको हो ।

निषेधाज्ञा एक साता थपियो

पूर्वी नवलपरासीमा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेको भन्दै जिल्ला प्रशासनले एक साता निषेधाज्ञा थप गरेको हो ।

चौथो पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिदै थियो । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले आगामी असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ४५ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक