भोलिबाट काठमाडौँको निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित) | Khabarhub Khabarhub

भोलिबाट काठमाडौँको निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियत्रणका लागि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप गर्दै असार १ देखि असार ७ गतेसम्म लागू हुने भएको छ । यस पटक भने निषेधाज्ञा थप केही खुकुलो हुने भएको छ ।

आइतबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय गरेको हो ।

यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।

– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।

– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।

– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बेजसम्म सञ्चालन गर्न पाइने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने ।

– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।

– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।

– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।

– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।

– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।

– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।

अबको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन विस्तृतमा हेर्नुस आदेश

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ०० बजे

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी