निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ भन्दै जसपा नेता भट्टराईले जनाए असन्तुष्टि « Khabarhub

निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ भन्दै जसपा नेता भट्टराईले जनाए असन्तुष्टि


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ को संज्ञा दिएका छन् ।

निर्वाचन आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएपछि भट्टराईले ट्वीट गर्दै आयोग ओलीको इशारामा चलेकोझैँ आरोप लगाएका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन वैधानिक नभएको निर्यण आयोगले गरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताएका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र : कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ उनले ट्वीटमा भनेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ३१ बजे

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौं– विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत