निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ भन्दै जसपा नेता भट्टराईले जनाए असन्तुष्टि « Khabarhub

निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ भन्दै जसपा नेता भट्टराईले जनाए असन्तुष्टि


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ को संज्ञा दिएका छन् ।

निर्वाचन आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएपछि भट्टराईले ट्वीट गर्दै आयोग ओलीको इशारामा चलेकोझैँ आरोप लगाएका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन वैधानिक नभएको निर्यण आयोगले गरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताएका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र : कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ उनले ट्वीटमा भनेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै