असार १५ देखि रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन « Khabarhub

असार १५ देखि रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार १५ देखि जनकपुर–जयनगर रेल सञ्चालनका लागि तयारी गर्न रेल विभागलाई निर्देशन दिएका छन् ।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग सोमबार छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले आवश्यक तयारी सकेर असार १५ गते प्रधानमन्त्रीबाट रेलको उद्घाटन गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि आवश्यक समन्वयका लागि मन्त्रालय तयार रहेको बताए । लकडाउन खुल्नेबित्तिकै छिटो जनकपुर–जयनगर रेल सञ्चालन गर्नु पर्ने उनले बताए । ‘मैले भन्नुपर्‍यो भने त तपाईं असार १५ गतेदेखि रेल चलाउने गरी तयारीमा लाग्नुस् भन्छु’, उनले भने, ‘त्यसका लागि चाहिने के–के हो बुँदागत रुपमा तयारी गर्नुस्, १५ गते प्रधानमन्त्रीलाई लगेर रेल उद्घाटन गर्ने हो लकडाउन पूर्णरुपमा खुल्दा । भएन भने भर्चुअलबाट पनि हुन्छ ।’

​मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् ।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पारे । खुवालुङको सम्बन्धमा उठेका जन आवाजलाई ध्यान दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : २० बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले