काठमाडौँमा स्वीकृति बिना डोजर लगाउने कार्यमा रोक « Khabarhub

काठमाडौँमा स्वीकृति बिना डोजर लगाउने कार्यमा रोक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लाको जिल्ला विपत व्यवस्थापन समितिले स्वीकृति बिना डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले स्वीकृति बिना डोजर लगाउँदा प्राकृतिक प्रकोपका खतरा देखिएको भन्दै विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको हो ।

बैठकले मनसुनका बेला हुन सक्ने विपत न्यूनिकरणका लागि सबै स्थानीय तहले विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्य योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद्को न्यूनिकरणको लागि सबै निकायहरूबीच एक आपसमा समन्वय गरी सूचना संकलन, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन कार्य प्रभावकारी बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यस्तै कोरोना नियन्त्रणका लागि सबै स्थानीय तहमा परीक्षणको दायरा बढाउनुका साथै आवश्यक जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।

बैठकले गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको मनसुनजन्य विपद्को पूर्वतयारीसम्बन्ध निर्देशनलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ३६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै