काठमाडौँमा स्वीकृति बिना डोजर लगाउने कार्यमा रोक « Khabarhub

काठमाडौँमा स्वीकृति बिना डोजर लगाउने कार्यमा रोक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लाको जिल्ला विपत व्यवस्थापन समितिले स्वीकृति बिना डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले स्वीकृति बिना डोजर लगाउँदा प्राकृतिक प्रकोपका खतरा देखिएको भन्दै विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको हो ।

बैठकले मनसुनका बेला हुन सक्ने विपत न्यूनिकरणका लागि सबै स्थानीय तहले विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्य योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद्को न्यूनिकरणको लागि सबै निकायहरूबीच एक आपसमा समन्वय गरी सूचना संकलन, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन कार्य प्रभावकारी बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यस्तै कोरोना नियन्त्रणका लागि सबै स्थानीय तहमा परीक्षणको दायरा बढाउनुका साथै आवश्यक जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।

बैठकले गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको मनसुनजन्य विपद्को पूर्वतयारीसम्बन्ध निर्देशनलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ३६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने