गाई मरेपछि हिन्दू परम्पराअनुसार किरिया बार्दै झापाका एक पुरुष | Khabarhub Khabarhub

गाई मरेपछि हिन्दू परम्पराअनुसार किरिया बार्दै झापाका एक पुरुष


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आफ्ना आफन्तको अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ ।

आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन् ।

उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका हुन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो ।

पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ ।

“हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,” उनले भने– “जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।”

मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिए ।

अहिले उनी गाईको थलामा नै कोरामा बसेका छन् । कसैले नछोउन् भनेर अलग्गै बसेका उनको कम्मरमा कुशको दाम्लो बेरिएको छ । किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए ।

मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : २५ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित