राखेपद्वारा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेमाथि कानूनबमोजिम कारबाही गर्न माग « Khabarhub

राखेपद्वारा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेमाथि कानूनबमोजिम कारबाही गर्न माग


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य सचिव रमेश सिलवालका सम्बन्धमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेको छ ।

राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको जनाएको छ ।

परिषदले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ ।’

विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य–सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको उल्लेख गरिएको छ ।

राखेपले मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राखेपले भत्र्सना एवं निन्दा गरेको छ । राखेपले गुरुङको अभिव्यक्तिले नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गरेको छ ।

मन्त्री गुरुङले पत्रकारहरूसँग कुरा गर्दै राखेपका सदस्य सचिव सिलवालबारे मदिरा र यौनसम्बन्धी टिप्पणी गरेका थिए ।

मन्त्री गुरुङले सिलवालका लागि ‘रक्सी र केटी’ को व्यवस्था मिलाउने काम ‘मोटे’ले गरेको आरोप लगाएका थिए ।

यसो भनेका थिए मन्त्री गुरुङले-

….. सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरुको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो । …..

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ५७ बजे

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज