पत्रकारका समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता « Khabarhub

पत्रकारका समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औल्याउन आग्रह गरेकी छन् । मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने जानकारी दिइन् । पत्रकारको हकहित र मागका सम्बन्धमा सकारात्मक रहेको र महासङ्घसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नयाँ बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन बीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागु गर्ने बताइन् । सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न आग्रह गरिन् ।

महासङ्घले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गरेको छ ।

त्यसैगरी पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको भ्याक्सिन सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । देशभर झण्डै १ हजार पत्रकार कोरोना संक्रमित भएका छन् । हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ४५ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल