मेस्सीको गोलमा अर्जेन्टिनाको बराबरी « Khabarhub

मेस्सीको गोलमा अर्जेन्टिनाको बराबरी


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।

ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा चिलीसँग १-१ गोलको बराबरीमा रोकिनु परेको हो ।

खेलको ३३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए  ।

अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ४० बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा