बहराइनले तत्काल नेपाली कामदार नलिने « Khabarhub

बहराइनले तत्काल नेपाली कामदार नलिने


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीको कारण बहराइनले तत्काल नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट कामदार नलिने भएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ ।

बहराइनले संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई तत्काल आफ्नो देशमा प्रवेश रोक लगाउने निर्णय गरेको अथोरिटीले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण बढेपछि बहराइनले नेपाललाई २४ मे महिनामा ‘रेड लिस्ट’ रहेको थियो। सङ्क्रमण कम हुँदै गएपछि बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

बहराइनमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ७३१ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ५७९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार २२१ रहेको बहराइनको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

बहराइनले पनि संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट त्यहाँ के कति नेपाली सङ्क्रमित भए कतिले ज्यान गुमाए त्यहाँस्थित नेपाली दूतावाससंग पनि कुनै तथाङ्क छैन ।

त्यहाँबाट पनि नियम उडान नहुँदा खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले