मधुबालाको हाँसोले रोकिएको थियो ‘मुगल–ए–आजम’को सुटिङ « Khabarhub

मधुबालाको हाँसोले रोकिएको थियो ‘मुगल–ए–आजम’को सुटिङ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडमा एपिक फिल्महरुमध्ये ‘मुगल–ए–आजम’ सर्वाधिक लोकप्रिय फिल्म मानिन्छ । के आसिफले निर्देशन गरेको यो फिल्ममा अनारकली र शहजादे सलीमको सुन्दरता, पीडा र अधुरो प्रेमकथालाई आसिफले निकै सुन्दरताले पर्दामा उतारेका थिए । जुन कथाको चर्चा अहिलेको पुस्तामा पनि उत्तिकै हुने गरेको छ ।

यो फिल्म निर्माण हुन १४ वर्ष लागेको थियो । फिल्म ब्ल्याक एण्ड ह्वाइटमा रिलिज भएको थियो । त्यसपछि यो फिल्मलाई पुनः रंगीनमा ढालेर देखाइएको थियो ।

करिब डेढ करोडको लागतमा निर्माण भएको यो फिल्म तत्कालीन समयमा सर्वाधिक महंगो फिल्ममा पर्दथ्यो । फिल्मले बक्सअफिसमा ११ करोड रुपैंयाँको कारोबार गरेको थियो ।

‘तानसेनको आवाज’ गीत बनाउनका लागि के आसिफले गुलाम अली खानलाई २५ हजार रुपैंयाँ दिएका थिए । त्यो समयमा यो रकम सर्वाधिक बढी थियो । जबकी त्यो समयमा गायक मोहम्मद रफी एक गीत गाएवापत तीन सय रुपैंयाँ पारिश्रमिक बुझ्दथे ।

अकबारले सलीमको दरबार माग्न जाने दृश्यलाई जीवन्तता दिनका लागि पृथ्वीराज कपूर र साथीसँगै निर्देशक के आसिफ पनि पैदल गएका थिए ।

यो फिल्मलाई ऐतिहासिक बनाउनका लागि निर्देशक आसिफले सक्कली गहनाकै प्रयोग गरेका थिए । जस्तो कि जोधाबाईका लागि नक्कली मोति लगाउने तयारी भइरहेको थियो । तर आसिफ यो प्रस्तावलाई मान्न तयार भएनन् किनकी उनले नक्कली मोती काँचको हुनाले त्यो मोती भुइँमा झर्दा आवाज नआउने उनको बुझाई थियो ।

त्यस्तै जोधाबाईको पूजा घरमा पनि उनले सक्कली सुनको कृष्णमूर्ति राखेका थिए । सलीमको घर फर्किदाको समय मुख्य ढोकाको बाहिर एक दृश्य खिच्नका लागि आसिफले कैयौं दिनसम्म सुटिङ रोकेका थिए । किनकी घर अगाडि बिजुलीका खम्बा थिए । त्यसलाई आसिफ हटाउन चाहन्थे । तर प्रशासनले त्यो हटाउन अनुमति दिएको थिएन ।

‘वीनस’ नामले लोकप्रिय मधुबालाले फिल्ममा अनारकलीको भूमिका निर्वाह गरेकी थिइन् । रोचक कुरा के थियो भने मधुबालाको हाँसोका कारण फिल्मको सुटिङ ७ दिनसम्म हुन सकेन ।

फिल्ममा शहंशाह अकबर (पृथ्वीराज कपूर), उनकी श्रीमति महारानी जोधाबाई (दुर्गा खोटे) र सलीम (दिलीप कुमार) को अगाडि अनारकली (मधुबाला) उभिएको दृश्य खिच्नुपर्ने थियो ।

यो दृश्यमा मधुबालालाई विवश र लाचार महिलाको हाउभाउ देखाउनुपर्ने थियो । तर यो दृश्यमा उनी पटक–पटक हाँसिन् । जसकारण फिल्मको सुटिङ रोक्नुपरेको थियो । एकहप्तासम्म यो सिलसिला चलेपछि मात्र आठौं दिनमा सुटिङ पुरा भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : १० बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री