चेस च्याम्पियनको बायोपिकमा आमिरको चासो « Khabarhub

चेस च्याम्पियनको बायोपिकमा आमिरको चासो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता आमिर खानले अक्षय फाउण्डेसनको कोभिड–१९ राहत कोषको लागि गत आइतबार भारतीय पूर्व विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दका चेस प्रतिष्पर्धा गरे । यो प्रतिष्पर्धाबाट उठेको रकम कोरोना पीडितको लागि खाद्यान्न सहयोग जुटाउने काममा खर्च गरिँदैछ ।

चेसका कुशल खेलाडीसमेत रहेका आमिरले गायक अरिजीत सिंहको ‘फन च्याट शो’मा विश्वनाथनको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । उनले विश्वनाथनको दिमागले कसरी काम गर्छ भन्ने जान्न पनि उनको बायोपिकमा अभिननयको आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा उनलाई ‘यदि तपाईंलाई विश्वनाथन आनन्दको बायोपिक फिल्मको अफर आयो भने के तपाईं प्रमुख भूमिकामा अभिनय गर्न इच्छुक हुनुहुन्छ ?’ भनेर सोधिएको थियो ।

‘के यो कुनै प्रश्न हो ? त्यसो त यो जवाफ दिनका लागि सबैभन्दा सजिलो प्रश्नमध्ये एक हो’, आमिरले भनेका छन्, ‘विशी(आमिरले विश्वनाथनलाई बोलाउने नाम) को भूमिका निभाउनु न केवल सम्मान र खुशीको कुरा मात्र होइन, उनको दिमागलाई उतार्नु पनि आफैंमा रोमाञ्चक हुनेछ । जब म कुनै भूमिका निभाउछु, त्यो व्यक्तिको दिमाग बुझ्ने कोशिस गर्छु । विशी एक वास्तविक व्यक्ति भएको नाताले म उनको दिमागलाई बुझ्न र उसको दिमागले कसरी काम गर्छ भन्ने थाहा पाउन ऊसँग धेरै समय बिताउन चाहन्छु ।’

उनले विशीको श्रीमति र परिवारसँग उसको दिमागले कसरी काम गर्छ भन्ने विषयमा कुराकानी गर्ने पनि खुलाए । ‘जब म पर्दामा विशीको भूमिका निभाउनेछु, म उसलाई सरप्राइज दिनेछु । तर यो काम साँच्चै भयो भने म निकै खुशी हुनेछु’, आमिरले भनेका छन् ।

आमिरको कुरा सुनिरहेका विश्वनाथनले आमिरलाई समस्यामा पार्न नचाहेको भन्दै ठट्टा गरे । ‘म तपाईंसँग प्रतिज्ञा गर्छु कि मेरो भूमिका निभाउनका लागि तपाईंलाई तौल बढाउनुहोस् भन्दिनँ’, उनले यसो भनिरहँदा आमिर हाँसेका थिए ।

आमिर हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने तयारीमा जुटेका छन् । फिल्ममा करीना कपूर खानको पनि अभिनय छ । अद्वैत चन्दन निर्देशित फिल्म हलिउडको सुपरहिट फिल्म ‘फरेष्ट गम्प’को रिमेक हो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ५० बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा