भाडामा लागेन सुशान्तको फ्ल्याट | Khabarhub Khabarhub

भाडामा लागेन सुशान्तको फ्ल्याट


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पुरा भएको छ । गत वर्षको जून १४ मा अभिनेताले बान्द्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए ।

सुशान्तको निधन पछि कैयौं महिनासम्म फ्ल्याट अनुसन्धान अधिकारीहरुको निगरानीमा थियो । तर विगत ६ महिना यता यो फ्ल्याट पूर्ण रुपमा खाली छ । यो फ्ल्याटमा भाडामा बस्न हालसम्म कोही आएका छैनन् । सुशान्त जुन फ्ल्याटमा बस्थे, त्यो फ्ल्याटको भाडा मासिक ५ लाख रुपैंयाँ थियो ।

यो फ्ल्याटको भाडा तीन हिस्सामा बाँडिएको थियो । पहिलो वर्ष सुशान्तले मासिक ४ लाख ३० हजार, दोस्रो वर्ष ४ लाख ५१ हजार र तेस्रो वर्ष ४ लाख ७४ हजार रुपैंयाँ दिन्थे ।

अहिले यो फ्ल्याटमा कोही बस्न मानेका छैनन् । कोरोनाका कारण फ्ल्याटका लागि मान्छे नपाएको बताइएको छ । अर्को प्रमुख कारण सुशान्तको आत्महत्यालाई मानिएको छ । अभिनेताले आत्महत्या गरेका कारण मानिसहरु फ्ल्याटमा बस्न डराइरहेका छन् ।

प्रोपर्टी डिलर यो फ्ल्याटलाई प्रति महिना ४ लाख रुपैंयाँ भाडामा दिन तयार छन् । सुशान्तको निधनपछि फ्ल्याट अनुसन्धान अधिकारीहरुको निगरानीमा थियो । अगष्टमा मामलाको अनुसन्धान गर्न सीबीआईलाई हस्तान्तरण गरिएपछि सीबीआईले हरेक कोणबाट फ्ल्याटमा अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ३० बजे

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर– फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना