भाडामा लागेन सुशान्तको फ्ल्याट « Khabarhub

भाडामा लागेन सुशान्तको फ्ल्याट


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पुरा भएको छ । गत वर्षको जून १४ मा अभिनेताले बान्द्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए ।

सुशान्तको निधन पछि कैयौं महिनासम्म फ्ल्याट अनुसन्धान अधिकारीहरुको निगरानीमा थियो । तर विगत ६ महिना यता यो फ्ल्याट पूर्ण रुपमा खाली छ । यो फ्ल्याटमा भाडामा बस्न हालसम्म कोही आएका छैनन् । सुशान्त जुन फ्ल्याटमा बस्थे, त्यो फ्ल्याटको भाडा मासिक ५ लाख रुपैंयाँ थियो ।

यो फ्ल्याटको भाडा तीन हिस्सामा बाँडिएको थियो । पहिलो वर्ष सुशान्तले मासिक ४ लाख ३० हजार, दोस्रो वर्ष ४ लाख ५१ हजार र तेस्रो वर्ष ४ लाख ७४ हजार रुपैंयाँ दिन्थे ।

अहिले यो फ्ल्याटमा कोही बस्न मानेका छैनन् । कोरोनाका कारण फ्ल्याटका लागि मान्छे नपाएको बताइएको छ । अर्को प्रमुख कारण सुशान्तको आत्महत्यालाई मानिएको छ । अभिनेताले आत्महत्या गरेका कारण मानिसहरु फ्ल्याटमा बस्न डराइरहेका छन् ।

प्रोपर्टी डिलर यो फ्ल्याटलाई प्रति महिना ४ लाख रुपैंयाँ भाडामा दिन तयार छन् । सुशान्तको निधनपछि फ्ल्याट अनुसन्धान अधिकारीहरुको निगरानीमा थियो । अगष्टमा मामलाको अनुसन्धान गर्न सीबीआईलाई हस्तान्तरण गरिएपछि सीबीआईले हरेक कोणबाट फ्ल्याटमा अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ३० बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने