‘मेरी कोम’ अभिनेत्री लिनको गुनासो–मलाई कोरोना भाइरस भन्छन् | Khabarhub Khabarhub

‘मेरी कोम’ अभिनेत्री लिनको गुनासो–मलाई कोरोना भाइरस भन्छन्


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘ओम शान्ति ओम’, ‘मेरी कोम’ र ‘रंगुन’ जस्ता फिल्मकी अभिनेत्री लिन लैशरामले कोरोना महामारीले उत्तर–पूर्वका मानिसप्रति भेदभाव बढाएको बताएकी छन् । उनले यसको प्रत्यक्ष मारमा आफू परेको खुलाएकी हुन् ।

उनले आफ्नो परिवारलाई एयरपोर्टमा छोडेर घर फर्किदा दुई व्यक्तिले पछ्याउदै आफूलाई ‘कोरोना भाइरस’ भनेर बोलाएको खुलाइन् ।

‘मैले असहाय महशुस गरिरहेको थिएँ । किनकी उत्तर–पूर्वका कैयौं मानिसहरु अलग–अलग किसिमले प्रताडित भइरहेका थिए । उनीहरुलाई बाटो सामान पनि दिइएन । केही युवतीलाई देखेर बाटोमा थुकियो । विद्यार्थीलाई उनीहरुको पीजी र होस्टलबाट निकालियो । यो निकै दुःख लाग्दो कुरा हो कि आफ्नै देशमा हामीहरुमाथि यस्तो व्यवहार भइरहेको छ’, उनले भनेकी छन् ।

मणिपुरको इम्फालमा बस्ने ३५ वर्षीया लिनले बलिउडमा उत्तर–पूर्वका मानिसमाथि हुने भेदभावका बारेमा पनि बताएकी छन् । उनका अनुसार फिल्ममा उत्तर–पूर्वका मानिसहरुको प्रसंग आउँदा उनीहरुलाई अनौठो किसिमका भेषभुषामा देखाइने र उनीहरुको बारेमा गलत सूचना दिइन्छ ।

‘बलिउडमा उत्तर–पूर्वको प्रतिनिधित्व गर्ने एक्लो व्यक्ति डेनी डेन्जोङपा हुन् । तर हामीहरु उनीसँग सम्बन्धित हुन सकेनौं । किनकी उनी धाराप्रवाह हिन्दी बोल्छन् । हामीलाई धेरै हिन्दी आउदैन’, उनी भन्छिन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०७ बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका