‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर « Khabarhub

‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– फिल्म ‘पाइरेट्स अफ द केरेबियन’ स्टार जोनी डेपको श्रीमति एम्बर हर्डसँग भएको विवादको सबै असर जोनीलाई नै परेको देखिएको छ । जोनीले एक पत्रिकाविरुद्ध मुद्धा दायर गरे । तर उनी आफैं मुद्धामा हारे ।

मुद्दापछि कैयौं फिल्म निर्माताले जोनीलाई आफ्नो प्रोजेक्टबाट हटाए । यो कुरालाई नजिकबाट नियालिरहेका जोनीका फ्यानले सामाजिक सञ्जालमा एम्बरलाई डिसी मुभिजको प्रतिक्षित फिल्म ‘एक्वामेन एण्ड द लास्ट किंगडम’बाट हटाउन माग गरे ।

जोनीका फ्यानले एम्बरलाई हटाउन माग गरे पनि डिसी मुभिजले भने उनलाई सर्वाधिक महंगो पारिश्रमिकमा अनुबन्ध गरेको छ ।

‘एक्वामेन’को सफलतापछि निर्माण टिमले ‘एक्वामेन एण्ड द लास्ट किंगडम’ का लागि प्रमुख कलाकार जेसन ममोआ र एम्बरको पारिश्रमिक निकै बढाएको छ ।

‘एक्वामेन’का लागि एम्बरले ५ मिलियन डलर पारिश्रमिक बुझेकी थिइन् । फिल्मको दोस्रो संस्करणका लागि उनले १० मिलियन डलर पारिश्रमिक लिँदैछिन् ।

पारिश्रमिक बढेसँगै एम्बरले अन्य महंगो पारिश्रमिक लिने अभिनेत्रीहरुलाई टक्कर दिएकी छन् । यद्यपि सबैभन्दा महंगो अभिनेत्रीको सूचीमा पर्नका लागि उनले अझैं १५ देखि २० मिलियन डलरको अनुपातमा पुग्नुपर्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : १० बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा