पहिरोले बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध « Khabarhub

पहिरोले बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् ।

काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : १५ बजे

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता