चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरुद्ध « Khabarhub

चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरुद्ध


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारदेखि निरन्तर जारी वर्षाले भूपी शेरचण राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दी, मुस्ताङ, र बाग्लुङ हुँदै कास्की जाने उक्त राजमार्गको विभिन्न ठाँउहरुमा साना ठूला पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

राजमार्गको सत्रधारा भन्ने ठाँउमा सोमबार राति ८ बजे ठूलो पहिरो गएको र त्यसलाई खुलाउन प्रयास भइरहेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

उनले भनिन्, ‘सडक खुलाउन खोज्दा माथिबाट पहिरो झरेकाले खुलाउन सकिएको छैन ।’

म्याग्दी, कालीगण्डकी लगायत खोलामा पानीको मात्रा निरन्तर बढिरहेकोले नदी वरपरका बस्ती तथा घरहरु ढुवानमा पर्न थालेका छन् ।

सोमाबारदेखि निरन्तर परेको वर्षाले कालिगण्डकीको बहाव उच्च भएको र त्यसले गर्दा पर्वत, गुल्मी र स्याङजालगायत जिल्लाका केही स्थानका बस्तीहरु ढुवान पर्न थालेका छन् ।

पर्वतको सेतीबेनीमा कालीगण्डकीका कारण जोखिम रहेकाले १० घरपरिवारलाई सुरक्षित स्थानमा सारेको सीडीओ खत्रीले जानकारी दिइन् ।

सदरमुकाम बेनी बजारका केही ठाउँमा कालीगण्डकी नदीले कटान गरिहेकोले पनि जोखिम बढेको उनको भनाइ छ ।

बाढी र पहिरोका कारण म्याग्दीका ग्रामीण सडकसमेत पूर्ण रूपमा अवरूद्ध भएको खत्रीले बताइन ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०१ बजे

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले