चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरुद्ध « Khabarhub

चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरुद्ध


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारदेखि निरन्तर जारी वर्षाले भूपी शेरचण राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दी, मुस्ताङ, र बाग्लुङ हुँदै कास्की जाने उक्त राजमार्गको विभिन्न ठाँउहरुमा साना ठूला पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

राजमार्गको सत्रधारा भन्ने ठाँउमा सोमबार राति ८ बजे ठूलो पहिरो गएको र त्यसलाई खुलाउन प्रयास भइरहेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

उनले भनिन्, ‘सडक खुलाउन खोज्दा माथिबाट पहिरो झरेकाले खुलाउन सकिएको छैन ।’

म्याग्दी, कालीगण्डकी लगायत खोलामा पानीको मात्रा निरन्तर बढिरहेकोले नदी वरपरका बस्ती तथा घरहरु ढुवानमा पर्न थालेका छन् ।

सोमाबारदेखि निरन्तर परेको वर्षाले कालिगण्डकीको बहाव उच्च भएको र त्यसले गर्दा पर्वत, गुल्मी र स्याङजालगायत जिल्लाका केही स्थानका बस्तीहरु ढुवान पर्न थालेका छन् ।

पर्वतको सेतीबेनीमा कालीगण्डकीका कारण जोखिम रहेकाले १० घरपरिवारलाई सुरक्षित स्थानमा सारेको सीडीओ खत्रीले जानकारी दिइन् ।

सदरमुकाम बेनी बजारका केही ठाउँमा कालीगण्डकी नदीले कटान गरिहेकोले पनि जोखिम बढेको उनको भनाइ छ ।

बाढी र पहिरोका कारण म्याग्दीका ग्रामीण सडकसमेत पूर्ण रूपमा अवरूद्ध भएको खत्रीले बताइन ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०१ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर